मृतक परिवारलाई राहत, संकटमा बादी समुदाय

धमाका संवाददाता
दैलेख श्रावण ३२ ।
बिहान बेलुका मजदुरी गरेरै जीवन गुजारा गर्दै आएका दैलेखका बादी समुदायलाई यसपालीको बर्षातले झनै संकट पारेको छ ।
२०५८ सालमा विस्थापित भएर दैलेख सदरमुकाम गणेशचौक नजिकको प्रति बाँझो जमिनमा      टहरा निर्माण गरेर बसेका समुदायमा शनिवार राती गएको पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएपछि पुनः पहिरो आउने डरले उनीहरुलाई दुई दिनदेखि निद्रा परेको छैन ।

बिहान बेलुका मजदुरी गरेरै जीवन गुजारा गर्दै आएका दैलेखका बादी समुदायलाई यसपालीको बर्षातले झनै संकट पारेको छ ।

बिहान बेलुका मजदुरी गरेरै जीवन गुजारा गर्दै आएका दैलेखका बादी समुदायलाई यसपालीको बर्षातले झनै संकट पारेको छ ।


पहिरोमा परि मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय दैलेखले आज १लाख २० हजार राहत प्रदान गरेको छ । प्रमुख जिल्ल अधिकारी पिताम्बर घिमिरेले पीडित परिवारको घरमै पुगेर राहत दिएका छन् । नेपाल महिला संघले समेत १२ हजार ५ सय रुपैयाँ राहत स्वरुप प्रदान गरेको छ । संघकी अध्यक्ष सिता कुमारी राना सहितको टोली राहत दिन बस्तिमै पुगेको थियो ।
बस्तिका समुदायहरुले आफुहरुले बसेको स्थान निकै असुरक्षीत भएकोले तत्काल नयाँ स्थानमा सारिदिन आग्रह गरेका छन् ।
बादी समुदाय बसेको स्थान भिरालो भएकोले नयाँ स्थानको खोजी गर्न आफु र जिल्लाका राजनीतिकहरु लागिरहेको घिमिरेले बताएका छन् ।
अहिले ४५ घरमध्ये २५ घर उच्च जोखिममा रहेका छन् भने अन्य सामान्य जोखिममा रहेका छन् । बर्षात लगातार भए झनै ठूलो मानवीय क्षेती हुने संभावनालाई मध्यनजर गरि बादी समुदायलाई सुरक्षीत स्थानमा सार्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार